-->
भारतलाई झट्का, पाकिस्तानको सफलता
Advertisement

काठमाडौं, १२ असार । परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को ढोका भारतका लागि बन्द भएको विषयले पाकिस्तानमा खुबै चर्चा पाएको छ ।
चीनसहित विश्वका ६ राष्ट्रले भारतलाई एनएसजीको सदस्य बनाउन नहुने अडान राखेसँगै भारतका लागि ढोका बन्द भएपछि पाकिस्तानीहरुले यसलाई आफ्नो सफलता मानेका छन् ।bhako
चीन नजिक मानिने पाकिस्तानले पनि भारतलाई रोक्न अनौपचारिक भुमिका निभाएको चर्चा दिल्लीमा हुँदै आएको छ र अहिले पाकिस्तानले यसलाई आफ्नो सफलता मान्नुले पुष्टि गर्दछ ।
पाकिस्तानको कराँचीबाट छापिने पत्रिका ‘जंग’ लेख्छ– चीन, टर्की, ब्राजिल, इजरायल, अष्ट्रिया, न्यूजील्याण्ड र आयरल्याण्डले एनएसजीका लागि भारतको सदस्यता प्रस्ताव यस आधारमा अस्वीकार गरेकी उसले परमाणु फैलाउन रोक्ने सम्झौता एनपीटीमा हस्ताक्षर गरेन् ।
पत्रिकाले अगाडि लेखेको छ- यो भारतीय अधिकारीका लागि ठूलो झट्का हो र सैद्धान्तिक प्रक्रियाबाट जाने पाकिस्तानी प्रयासको स्पष्ट सफलता हो ।

पत्रिकाका अनुसार पाकिस्तानले चीन र टर्कीका साथै विश्वका अन्य ५५ राष्ट्रसँग एनएसजीमा आफ्नो सदस्यताका लागि छलफल गरेको छ र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको छ । यो पनि पाकिस्तानका लागि ठूलो सफलता हो भनिएको छ ।
लाहोरबाट प्रकाशित हुने पत्रिका ‘नवा ए वक्त’ले पाकिस्तान र भारत दुबैले एकसाथ एनएसजीको सदस्यता पाउनुपर्ने अन्यथा भेदभावपूर्ण तरिकाले भारतलाई मात्र एनएसजीको सदस्य बनाइए यसबाट दक्षिण एसियामा अस्थिरता बढ्ने चेतावनीसहितको समाचार लेखेको छ ।
पाकिस्तानको विदेश मन्त्रालय र वुद्धिजिवीलाई उद्धृत गर्दै लेखिएका समाचारले दिल्लीमा ठूलै हलचल पैदा गरिदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बीबीसी हिन्दीसहित थुप्रै भारतीय मिडियाले यो समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
(बीबीसी हिन्दीबाट)
.dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.