काठमाडौं, असार ५ – वरिष्ठ संगीतकार अम्बर गुरुङको सम्झनामा आइतबार विशेष कार्यक्रम हुँदैछ । १३ औं दिनको पुण्ड तिथि पारेर संगीतकार गुरुङलाई श्रद्धान्जली दिनका लागि सांगीतिक कार्यक्रम गर्न लागिएको हो ।
ललितपुरको पाटन ढोकामा रहेको यलमाया केन्द्रमा बेलुका चार बजे हुने कार्यक्रममा पिटर जे कार्थक, चेतन कार्की, किशोर गुरुङ र प्रकाश सायमीले संगीतकार गुरुङको योगदानका बारेमा बोल्ने छन् ।
यस्तै कार्यक्रममा शैलेस सिंह, सुजाता बर्मा, देब आले, जोनिस पौडेल, मनोज राज सिवाकोटी र मिना निरौलाले संगीतकार गुरुङका गीत गाउने छन् । संगीतकार गुरुङको गएको जेठ २५ गते बिहान उपचारको क्रममा निधन भएको हो ।



0 comments
प्रतिक्रिया दिनुहोस्...