-->
चट्याङबाट दुईको मृत्यु, पाँच घाइते
Advertisement

हेटौँडा: हेटौँडा उपमहानगरपालिका वडा नं २७ मा शनिबार साँझ हुरी बताससँगै परेको चट्याङले दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही वडा बस्ने ४६ वर्षीया तारा रुम्बा र २५ वर्षीय कुमार वल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङमा परी स्थानीय बासिन्दा पाँच जना सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइरहेको प्रहरीले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.