-->
४ दशमलव ४ रेक्टरस्केलको परकम्प
Advertisement

काठमाडौं–नुवाकोट केन्द्र विन्दु भएर मंगलबार परकम्प गएको छ। परकम्पको धक्का राजधानीलगायतका ठाउँमा महशुस गरिएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार ११ बजेर ३४ मिनेटमा नुवाकोट केन्द्र बनाएर ४ दशमलव ४ रेक्टरस्केलको परकम्प गएको हो। सो परकम्प गत वर्ष वैशाख १२ मा गएको भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।  गत वर्ष १२ वैशाखको शक्तिशाली भूकम्पपछि परकम्प जानेक्रम रोकिएको छैन। वैशाख १२ पछि हालसम्म चार रेक्टरस्केलभन्दा माथिका ४६० परकम्प गइसकेको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.