-->
जण्डिस हुनबाट जोगिन के गर्ने र भएपछि के गर्ने ?
Advertisement

240197/15

पहेंले रोग लागेको व्यक्ति टाढैबाट चिनिन्छ वा उसमा भएका विभिन्न किसिमका लक्षणहरुले पनि थाहा हुन्छ । गाउँघरमा भनिने रोगको नाम हो पहेंले  । तर, यो रगतमा बिलिरुबिनको मात्रा १ किलोग्राम भएको अवस्था वा आँखा पहेंलो देखिनु, पिसाब पहेंलो हुनु, हात, खुट्टा, हत्केला, पैताला पहेंलो देखिनु, पहेंले रोग अथवा जण्डिस भएको अवस्था हो । यो समस्या विशेष गरेर कलोजाको खराबीले गर्दा हुन्छ । कलेजाको पित्त आँतमा नपुगी सीधै रगतमा गएर मिल्छ, तब जण्डिसका लक्षणहरु देखिन थाल्छन् ।

जण्डिस हुने विभिन्न कारणहरु हुन्छन् । संक्रमित पानी पिउनु, कुनै किसिमको जीवाणु वा विषाणुको संक्रमण हुनु, रक्सी अत्याधिक पिउनु, शरीरबाट अति रक्तस्राव हुनु, एउटा सूई दुईथरी व्यक्तिलाई प्रयोग गर्नु, कुनै कारणले रगत एक–अर्कामा पुग्नु, पौष्टिक आहारको कमी, पाचन क्रियाको गडबढी, रक्सी चुरोट, सूर्ति, खैनिको प्रयोग, अनियमित खानपान, फोहोर बढी हुनु, पानी शुद्धिकरण नगरी पिउनु आदि जस्ता कारणहरुले गर्दा जण्डिस हुन सक्छ ।

लक्षणहरु
खाना खान मन नहुनु, वाकवाक लाग्नु, ज्वरो आएजस्तो हुनु, भोक नलाग्नु, पिसाब पहेंलो हुनु, आँखा पहेंलो देखिनु, निद्रा नलाग्नु, बेचैनी हुनु, नङ, छाला पहेंलो देखिनु आदि जस्ता लक्षण देखिएमा जण्डिस हो कि भन्ने सम्झनुपर्दछ । कहिलेकाहिँ पेटको माथिल्लो भागमा दुखाइ पनि हुन्छ । हातले छाम्दा ठूलो भएजस्तो लाग्छ ।

के खाने र के गर्ने ?
हल्का, सुपाच्य, ताजा खाना– भात, जाउलो, गहँु, जौको चोकरसहतिको गहुँको रोटी राम्रोसँग चपाएर खानुपर्दछ । उखुको रस, मह, पातलो दूध, ग्लुकोज पानी पिउने, गुलियो फलफूलको जुस खाने । मुग मसुरो, रहरको पातलो दाल खाने, मूला, लौका, करेला, प्याज, पालुंगो, धनियाँ मेथी पावल गाँजर, लसुन काउली खाने । मेवा अमला, अंगुर अनार मौसम, स्याउ, गोलभेंडा सुन्तला जस्ता खानेकाुरा खानुपर्छ । उमालेको वा शुद्धिकरण गरेको मनतातो पानी पिउने, विहान एक गिलास मनतातो पानीमा कागती राखेर खाने । पूर्ण रुपमा निको नभइञ्जेल आराम गर्ने । शौचालय गएपछि साबुन पानीले हात धुने, नङ काटिरहने, रोगीको लुगा, व्यक्तिगत समान, भाँडा उमालेको पानी वा साबुलने सफ ागर्ने । चिन्तामुक्त रहने, सूईहरु प्रयोग गरेको भए राम्रो व्यवस्थापन गर्ने  । हल्का व्यायाम गर्ने तर गाह्रो अवस्थामा होइन ।

के नखाने र के गर्ने ?
लापरबाही नगर्ने, जण्डिस खतरनाक रोग भएकाले ज्यान पनि जान सक्छ । बजारमा ठेलामा वा खुल्ला बेच्न राखेका कुराहरु नखाने । पेट हल्का राख्ने, बढी परिश्रम नगर्ने, तरकारी, फलफूल धोएर खाने । फोहोर पानी बाट बच्ने तथा चिल्लो पदार्थ, दही मासको दाल, बढी गुलियो माछा, मासु, अण्डा जस्ता पच्न गाह«ो हुने कुराहरु नखाने ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.