-->
सिरियामा पुनः हिंसा सुरु ३६ सर्वसाधारणको मृत्यु
Advertisement

सिरिया,बेरुत।सिरियामा विगत केही समयदेखि युद्धविराम भएको बताइएको भएपनि पुनः हिंसा सुरु भएको समाचार छ । सिरियामा भएको मङ्गलबार र बुधबारको आक्रमणमा परी ३६ जनाको ज्यान गएको बताइएको छ ।

सिरियामा यहाँको सेनाले सिरियाका विभिन्न स्थानमा आइएसको हिंसा सुरु भएको भन्दै त्यसका विरुद्धमा आक्रमण थालेको बताइएको छ । सिरियाको एक प्रान्तीय राजधानी राकामा मङ्गलबारमात्र पनि इस्लामिक स्टेट समूहलाई लक्ष्यगरी गरिएको भनिएको हवाई आक्रमणमा २५ सर्वधारण मारिएका थिए ।


 
त्यो आक्रमणको क्रम बिहीबार पनि दोहोरिएको छ । बिहीबार भएको यस्तै आक्रमणका क्रममा थप दश जना मारिएका छन् । मारिएका दश जनामा सबैजसो सर्वधारण रहेका पाइएको छ । मङ्गलबार भएको हवाई आक्रमणमा ६ बालबालिकासहित २५ सर्वसाधारणको मृत्यु भएको मानवअधिकावादी समूहले जानकारी दिएको थियो । यस आक्रमण आइएसलाई लक्षित गरिएको भनिएको भएपनि सर्वसाधारण नै मारिएका थिए ।

केही दिनयता सिरियाली सैनिकले आइएसका विरुद्धमा स्थलगत तथा हावाई कारबाही थालेको छ । सो कारबाहीमा परी कैयौँ सर्वसाधारणको ज्यान जाने गरेको बताइएको छ । बिहीबार भएको यस आक्रमणमा परी दश जना सर्वसाधारण मारिएका छन् भने अन्य दर्जनौँ व्यक्ति घाइते भएका र तीमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको सिरियामा रहेका अधिकारवादी संस्थाहरुले जनाएका छन् ।

सिरियारसियाली समर्थक सेनाबाट भएको यस हवाई आक्रमण आइएस लक्षित रहेको बताइएको छ । तर त्यसमा परी आइएसका कुनै लडाकू भने हताहत भएका छैनन् । जिहादीहरुको आक्रमणमा गत आइतबार र सोमबार गरी सिरियाको राजधानी दमासकसमा ४० भन्दा बदी सैनिक मारिएका छन् । त्यसयता सिरियाली सेनाले पनि आइएस विरुद्ध भन्दै कारबाही गरिरहेको छ । मङ्गलबारको यस आक्रमणबाट सर्वसाधारण हताहत भएका यहाँको मानवअधिकारवादी संस्थाले जनाएको हो ।

सिरियामा यहाँका विद्रोही र सरकारी सेनाबीच युद्धविराम भएको बताइएको छ । केही समययता विद्रोही र सेनाबीच भिडन्त भने भएको छैन । तर सिरियाली विपक्षी एवम् विद्रोहीहरुले सरकारी सेनाले आइएसमाथि कारबाही गरिएको भन्ने निहूँमा केही समययतादेखि हवाई आक्रमण गर्ने गरेको जनाएका छन् । सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि हिंसा जारी छ । सो हिंसामा परी दुई लाख भन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.