-->
अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
Advertisement

अमेरिकामा भइरहेको कोपा अमेरिका २०१६को पहिलो सेमिफाइनलमा आयोजक राष्ट्रलाई ४-०ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ।

Argentina messi Usa copa final

इजेक्वेल लाभेजीको तेश्रो मिनेटको गोलबाट अगाडी बढेको अर्जेन्टिनाका लागि गोन्जालो हिगुएनले दुई र लियोनेल मेसीले एक गोल गरे। मेसीले ३२औं मिनेटमा गोल गर्दै टिमलाई २-०ले अघि बढाएका थिए। उनले फ्रिकिक मार्फत गोल गरेका थिए।

हिगुएनले दोश्रो हाफमा दुई गोल थपेर अर्जेन्टिनालाई लगतार दोश्रो वर्ष फाइनल पुर्याएका हुन्। उनले ५०औं र ८६औं मिनेटमा गोल गरेका थिए।

अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र गत वर्षको विजेता चिलिको सेमिफाइनलको विजेतासंग भिड्नेछ। उक्त सेमिफाइनल खेल भोली हुने भएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.