-->
मेरो हस्तमैथुन गर्ने बानी छ । यसले स्वास्थ्यमा कुनै साइडइफेक्ट हुन्छ कि हुदैन ? कृपया स्पष्टसंग बताइदिनुभए आभारी हुनेथिएँ ।
Advertisement

केटाहरुमा हस्तमैथुन गर्ने आ–आफ्नो फेन्टासी हुन्छ । सामान्य अवस्था गर्दा यसले केही हानी गर्दैन । बरु यसले यौनरोगबाट बचाउँन मद्दतचाहिँ गर्छ । तर असामान्य स्थिति जस्तै, साना बच्चीहरुको यौन अंग देखेर, जनावरको यौन अंग देखर हस्तमैथुन गर्नुचाहिँ हानिकारक हुन सक्छ । असामान्य अवस्था मात्र गर्नुहुन्छ भने सचेत रहनु होला । कसै–कसैलाई महिलाको स्तन देखेर, हिप देखेर, शरीरको बनावट देखेर वा आँखा देखेर पनि हस्तमैथुन गर्ने बानी हुन सक्छ । यस्तो अवस्था पनि हानिकारक हुन सक्छ । हस्तमैथुन गर्दा सार्वजनिक ठाउँमा नगर्नु होला । स्वास्थ्यमाचाहिँ यसले कुनै पनि प्रकारको साइटइफेक्ट गर्दैन र कुनै पनि प्रकारको दीर्घ रोग पनि गराउँदैन । डा. विश्व दवाडी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.