-->
श्रीमतीलाई बलात्कार गरेको भन्दै अदालतद्वारा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना
Advertisement

ओखलढुगा, असार ५ – श्रीमतीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ओखलढुंगाले एक पुरुषलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला अदालत ओखलढुंगाका न्यायधीश उद्धवप्रसाद भट्टराईको इजलासले च्यानम गाविस ८ का २९ वर्षे नारायणबहादुर वस्नेतलाई तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।  

अदालतकोआदेशले आरोपित बस्नेत यसअघि नै पुर्पक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपककुमार शाहले जानकारी दिनुभयो ।  

श्रीमान्ले रक्सीले मातेर कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गर्ने गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताएकी छन् । पीडितले ०७२ चैत १५ जवरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरि चैत १८ गते जवरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । ओखलढुंगामा श्रीमान्लाई श्रीमतीमाथि बलात्कार आरोपमा मुद्दा दर्ता भइ सजाय भएको पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.