-->
अझै तीन दिनसम्म भिषण वर्षा, बाढी पहिरोको खतरा
Advertisement

असार– राजधानीसहित देशभर जारी वर्षा अझै केही दिनसम्म कायमै रहने भएको छ ।

 

raining
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि तीन दिनसम्म वर्षात नरोकिन सक्छ ।

 

महाशाखाका मौसमविदे सुवास रिमालले बितेको २० घण्टामा उपत्यकाका मनसुन सक्रिय भएयताकै सबैभन्दा अधिक ९२ मिलिमिटर पानी परेको छ । रिमालका अनुसार बिहीबार मध्य तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा भिषण वर्षा हुनेछ ।

 

 

यस्तै मध्याह्नबाट केही सफा हुने राजधानीको मौसममा साँझपख बदली भई वर्षात हुनेछ । विभागले पहाडी क्षेत्रमा हुने अधिक वर्षातका कारण बाढी तथा पहिरो जान सक्ने भएकाले सचेतता अपनाउन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।

 

भारतको उत्तर प्रदेशमा विकास भएको न्युन चापीय क्षेत्रको असरका कारण केही दिनयता वर्षात भइरहेको विभागले जनाएको छ ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.