-->
अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि
Advertisement

काठमाडौँ : अफगानिस्तानको राजधानी काबुलमा सोमबार एकाबिहानै भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ।

अफगानी आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार काबुलको पिडी ९ को बनाए एरियामा रहेको एउटा विदेशी कम्पनीमा कार्यरत कर्मचारीहरु चढेको एउटा मिनिबसलाई लक्षित गर्दै बिहान ५ बजेर ४० मिनेटमा आत्मघाती आक्रमणकारीले विस्फोट गराएका थिए। 

विस्फोटमा १४ नेपाली नागरिकको मृत्यु भएको र नौ जना घाइते भएको मन्त्रालयले पुष्टि गरेको छ। घाइतेमध्ये पाँच जना नेपाली र चार जना अफगानी छन्। 



अफगानिस्तानको पाझोक न्युज एजेन्सीले आक्रमणको जिम्मातालिवानले लिएको बताएको छ। 

वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तानमा ९२१ पुरुष र १ महिला अनुमति प्राप्त गरी कार्यरत छन्-


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.