
Advertisement
|
महंगो व्याजको ऋणमा रोजगारीका लागि जापान आएका बैतडी श्रीकेदार गाविस ७ पिपलकोटका ४२ बर्षीय खेमराज भट्ट उपचार खर्च अभावमा समस्यामा परेका छन् । कुक भिषामा जापान आएर टोकियो महानगरपालिका कामाता सहरमा बस्दै आएका भट्ट मुखमा भएको क्यान्सरका कारण थला परेर काम गर्न नसक्दा दैनिकी गुजारा र उपचारमा समस्या भएको हो ।
गरिवीका कारण महंगो व्याजको ऋणमा जापान आएको बताउने भट्टले जापान आएको पाँच महिनामै मुखको क्यान्सरबाट ग्रसित भई काम गर्न नसक्ने भएपछि दैनिक गुजारा र उपचारमा समस्यामा भएको बताएका छन् । आर्थिक अवस्था कमजोर भएको र उपचारका लागि रकमको व्यावस्थागर्न नसक्दा उपचार प्रक्रिया समेत लम्बिने भन्दै भट्टले जापानबासी नेपालीसँग सहयोगको अपिल समेत गरेका छन् ।
पीडित भट्टले सहयोगका नाममा हालसम्म गैरआवासिय नेपाली सघं जापानबाट डेढमहिना लामो उपचारका क्रममा पाएको ३० हजार जापानीयेन बाहेक अन्य कुनैपनि सघंसस्था वा निकायबाट सहयोग नपाएको बताएका छन् । उनले भोलीका दिनमा बाचेर जापानबासी नेपालीसगै सहकार्य गर्दै जाने भन्दै सार्वजनिक रुपमा सहयोगको अपिल गरेका छन् ।
कुकुको रुपमा काम गरिरहेको समयमा एक्कासी दात दुखेर पिरोलिएका भट्ट गिजा,दात र घाँटीको क्यान्सर भएको थाहापाएपछि टोकियोकै निशियोमोरि अस्पतालमा डेढ महिना लामो उपचार गराएका थिए । घर फर्किएको एकसातामा नबित्दै पुन: उस्तै समस्या बल्झिएपछि निशियोमोरि अस्पतालले अर्कोस्थानमा क्यान्सर भएको भन्दै टोकियोको राष्ट्रिय क्यान्सर सेन्टर रिफर गरेको थियो । उनको आउदो शुक्रवार मुखको उप्रेसन गरिने एएनएकस गु्रप अन्तर्गतको माउण्ट एभरेष्ट रेष्टुरेन्टका सञ्चालक नवराज सुवेदीले जनाए । एएनएकस ग्रुप अन्तर्गतको कामातामा सञ्चालित माउण्ट एभरेष्ट भट्ट कार्यरत नेपाली रेष्टुरेन्ट हो ।
पीडित भट्टलाई अस्पताल लाने तथा बस्ने व्यवस्था हाल सुवेदीले गर्दै आएपनि खर्च महंगो भएको भन्दै धान्न नसकिने भएकाले जापानबासी नेपालीलाई सहयोगको आग्रह गरिएको बताए । यसैबिच सुदुरपश्चिमेली नेपाली समाज जापानले क्यान्सरको अत्यन्तै जोखिम चौथो अवस्थामा रहेको भन्दै सहयोगका लागि आर्थिक सहयोग संकलन अभियान चलाएका छन । संकलित रकम सार्वजनिक रुपमा जानकारि गराइने समेत बताइएको छ । भट्ट हाल अस्पतालमा भर्नारत छन् । Dc Nepal



0 comments
प्रतिक्रिया दिनुहोस्...