-->
लियोनेल मेसीको नयाँ कीर्तिमान
Advertisement

काठमाडौंः विश्वफुटबलमा निरन्तर चर्चा र सफलताको शिखरमा रहेका अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीले अर्को लोभ लाग्दो रेकर्ड बनाउन सफल भएका छन् । 

अमेरिकाको न्यू जर्सीमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तरगत आज भइरहेको पहिलो सेमिफाइनल खेलमा फ्री किकबाट उत्कृष्ट गोल गर्दै मेसी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । 

मेसीले अर्जेन्टिनाका लागि गाब्रियल बाटिस्टुटाले बनाएको सर्वाधिक ५४ गोलको रेकर्ड अमेरिकाविरुद्ध विरुद्धको खेलमा तोड्दै देशका लागि व्यक्तिगत ५५ औं अन्तर्राष्ट्रिय गोल गरेका हुन् । 

गाब्रिएल बाटिस्टुटाले सन् १९९१ देखि सन् २००१ सम्म अर्जेन्टिनाका लागि ७८ वटा खेल खेल्दै ५४ गोल गरी सर्वाधिक गोलकर्ताको सूचीमा थिए । 

सन् २००५ देखि अर्जेन्टिनाको सिनियर टीममा रहेका २८ वर्षीय मेसीले ११२ वटा प्रतियोगितामा सहभागी हुँदै सर्वाधिक ५५ गोलको रेकर्ड बनाउन सफल भएका हुन् । 

यसअघि नै अर्जेन्टिनाका लागि ५० भन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा बाटिस्टुटासँगै मेसीले पनि स्थान बनाइसकेका थिए ।

कोपा अमेरिकाको सयौं संस्करणको पहिलो सेमिफाइलनको पहिलो हाफमा अर्जेन्टिनाले अमेरिकाविरुद्ध २–० को अग्रता लिइसकेको छ । 

खेलको तेस्रो मिनेटमै मेसीले डी एरिया भन्दा बाहिरबाट दिएको भलि पासलाई हेड गर्दै लाभेजीले गोल गरेर अग्रता दिलाएका थिए । 

त्यसपछि ३२ औं मिनेटमा पाएको फ्री किकलाई सदुपयोग गर्दै मेसीले नै सुन्दर गोल गरेका थिए । डी एरिया भन्दा २५ यार्ड बाहिरबाट मेसीले अमेरिकी पोस्ट्को देबे्र कुन च्याप्दै हानेको बलले जाली चुमेको अमेरिकन किपर गुजानले पनि पत्तो पाएनन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.