-->
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दलालहरुको विगविगी
Advertisement

सन्तोष काफ्ले,धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दलालहरुको विगविगी बढेको छ । प्रहरीहरुकै मिलेमतोमा विरामीलाई आवश्यक पर्ने औषधि देखि विरामी बोक्ने एम्बुलेन्ससम्ममा दलालहरु सक्रिय हुँदा समेत सम्बन्धित निकाय वेखवर झै बन्दा सर्वसाधारण भने मर्कामा परेका छन् ।


उदयपुरको हडियाका भेषराज राउतले आफ्नी श्रीमती विरामी भएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरेर घर फर्कने क्रममा एउटा एम्बुलेन्स वोलाए तर एम्बुलेन्समा विरामी राखे लगत्तै केही दलाल पुगेर रोके । बाहिरका एम्बुलेन्सले बिरामी लान नपाउने भन्दै दलाल राजेन्द्र विक र सन्तोष शाहले लाने भए कमिसन चाहिने नत्र लान नदिने भन्दै रोकिरहँदा प्रतिष्ठानमा रहेका सुरक्षा गार्ड र प्रहरी चुपचाप बसे ।


 
लामो समयको विवाद पछि प्रहरी कै सक्रियतामा अर्को एम्बुलेन्स आयो तर राउतले भने इलाका प्रहरी कार्यालय धरानमा खवर गरे । त्यस पछि बल्ल त्यहाँका प्रहरीले दलाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा पु¥याएको थियो । प्रतिष्ठानको भित्रै खुलेआम दलालले दलाली गर्दा समेत सम्वन्धित निकाय मोैन वस्नुले प्रतिष्ठानको गरिमामा समेत आँच आएको पीडित राउतले वताए ।
राउतले विरामी लान बोलाएको एम्बुलेन्स चालकलाई भने दलालले ६ सय कमिसन मागेको चालक दीपेन्द्रकुमार चौधरीले वताए । उनले बाहिरको एम्बुलेन्सले विरामी लान नपाउने भन्दै ट्याक्सी चालकले ६ सय कमिसन मागेको उनको भनाई छ ।
प्रतिष्ठान हाता भित्र रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी र प्रतिष्ठानका सुरक्षा गार्डले समेत विरामीलाई नभई दलाललाई सहयोग गर्दे आएका छन् । सुरक्षा गार्ड र प्रहरीको मिलेमतोमा सक्रिय दलाहरुले विरामीले आफुले चाहेको औषधि पसलवाट समेत औषधि ल्याउन नदिनेसम्मको हर्कत देखाउदै आएका छन् । तर सबै चुप छन, जस्ले गर्दा पीडामाथि पीडामा छ्न विरामी र उनका परिवारहरु ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.