-->
अर्जेन्टिनालाई हराउँदै चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधि
Advertisement

chili१३ असार, काठमाडौं । कोपा अमेरिकाको उपाधी चिलीले जितेको छ ।

आज बिहान अमेरिकाको मेटलाइफमा भएको उपाधी भिडन्तमा अर्जेन्टिनालाइ ट्राइब्रेकरमा पराजित गर्दै चिलीले दोस्रो पटक उपाधि घर भित्राएको हो ।

निर्धारित ९० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै टोलीका एक एक खेलाडी रातो कार्ड खाएर मैदान छाडेका थिए । अर्जेन्टिनामा रोजो र चिलीका रोजासलाई रेफि्रले रातोकार्ड देखाएका थिए ।

Copa-America-Finalअतिरिक्त समयमा केही गोल गर्ने मौका दुवै टोलीले खेर फाल्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
अर्जेन्टिनाका मेस्सी र विगलिया तथा चिलीका भिडाल  चुकेको पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले चिलीले उपाधी रक्षा गरेको हो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.